कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई जोगाउन केन्द्र र ७ वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरू बनाउन देउवाको माग — OSNepal

कोरोनाको तेस्रो लहरबाट बालबालिकालाई जोगाउन केन्द्र र ७ वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरू बनाउन देउवाको माग

LC (KTM) May 18, 2021 0

काठमाडौँ ४ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केही महिनामै कोरोना भाइरस संक्रमणको तेस्रो लहरले बालबालिकालाई बढी प्रभावित गर्ने विज्ञको अनुमान रहेको बताएका छन् । सभापति देउवाले आज ट्वीटर मार्फत सरकारसँग सातै प्रदेशमा बाल अस्पताल बनाउन भन्दै यस्तो खुलासा गरेका हुन् ।

केन्द्र र ७ वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरूमा विशेष वार्डरआईसीयू लगायतको तयारी गर्न देउवाले माग गरेका छन् । साथै १२ वर्ष भन्दा माथिकालाई खोप सुरु गर्ने प्रक्रिया अघि बढाउन समेत आग्रह गरको छन् ।

सभापति देउवाले लेखेका छन्, ‘कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने विज्ञहरूले बताइरहेका छन् । म सरकारलाई केन्द्र र ७ वटै प्रदेशमा बालबालिकाका लागि अस्पतालहरूमा विशेष वार्डरआईसीयू लगायतको तयारी र १२ वर्ष माथिकालाई खोप शुरू गर्ने प्रक्रिया अघि बढाउन अनुरोध गर्दछु ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर