काठमाडौँ उपत्यकामा ह्वात्तै घटे कोरोना संक्रमित, आज मात्रै ५४५ सङ्क्रमित थपिए — OSNepal

काठमाडौँ उपत्यकामा ह्वात्तै घटे कोरोना संक्रमित, आज मात्रै ५४५ सङ्क्रमित थपिए

LC (KTM) August 25, 2021 0

पछिल्लो २४ घण्टामा दुई हजार ४८२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय १५ हजार २९० जनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

सो अवधिमा एक हजार ८१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै हालसम्म नेपालमा सात लाख तीन हजार ९६४ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९३ दशमलव ५ प्रतिशत छ ।

हालसम्म नेपालमा ४३ लाख चार हजार ६७२ जनाको कोरोना परीक्षण भएकामा आठ लाख ३४ हजार ४५० मा सङ्क्रमण देखिएको छ । हालसम्म सात लाख तीन हजार ९६४ सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी गराएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३८ हजार २८७ रहेको छ । होम आइसोलेसनमा ३५ हजार २५० छन् भने संस्थागत आइसोलेसनमा तीन हजार ३७ छन् । देशभर ६१० सङ्क्रमितको सघन उपचार कक्षमा तथा १६१ सङ्क्रमितको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

चौवालीस सङ्क्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट थप ४४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १० हजार ६१२ पुगेको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा ५४५ सङ्क्रमित थपिए

सो अवधिमा काठमाडौँ उपत्यकामा ५४५ जना सङ्क्रमित थपिएका छन् । तीमध्ये काठमाडौँमा ५१५, ललितपुरमा ८८ तथा भक्तपुरमा १४२ जनामा भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर