फेरी पनि सत्ताको स्वाद चाख्न चाहान्छन् ओली, जनताले गर्लान् त ओलीको बुढेसकालको यो इच्छा पूरा ? — OSNepal

फेरी पनि सत्ताको स्वाद चाख्न चाहान्छन् ओली, जनताले गर्लान् त ओलीको बुढेसकालको यो इच्छा पूरा ?

LC (KTM) August 25, 2021 0

काठमाडौं, ९ भदौ । एमाले अध्यक्ष केपी ओलीले आफू एमालेमा निर्विकल्प नरहेको बताएका छन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले कुनै पनि क्षेत्र र वस्तु निर्विकल्प नरहने भन्दै आफू पनि निर्विकल्प नभएको बताए ।

तर, आगामी महाधिवेशनसम्म एमाले अध्यक्षको रुपमा आफू नै रहने उनले बताए । ओलीले महाधिवेशनपछि फेरि पनि आफू नै नेतृत्वमा आउन सक्ने संकेत गरे । अध्यक्षमा दाबी गर्नेहरू पार्टी छाडेर गएको उनको भनाइ थियो । अहिलेकाे अवस्था हेर्दा एमालेमा ओलीकाे विकल्प भने देखिन्न ।

पार्टी एकता जोगाउने प्रयास असफल भएको भन्दै उनले भने अहिले प्रतिपक्षी दलमा एमालेको विकल्प नरहेको र आउँदो चुनावपछि फेरि एमाले सत्तापक्ष हुने दाबी गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर