कांग्रेस जिल्ला सभापतिहरूको अनशनमा संस्थापनइतरका यि नेताहरुले देखाए चासो, पुगे पार्टी कार्यालय — OSNepal

कांग्रेस जिल्ला सभापतिहरूको अनशनमा संस्थापनइतरका यि नेताहरुले देखाए चासो, पुगे पार्टी कार्यालय

LC (KTM) August 25, 2021 0

काठमाडौं, ९ भदौ । कांग्रेसको क्रियाशील सदस्यहरुको विवरण सार्वजनिक गर्न मागसहित कांग्रेस मुख्यालयमा रिले अनशनमा बसेका जिल्ला सभापतिको मागमा संस्थापनइतरका नेताहरू पुगेर ऐक्यबद्धता जनाएका छन् ।

कांग्रेसको काभ्रे, नुवाकोट र धादिङका जिल्ला सभापतिहरूले सदस्यता विवरण सार्वजनिक गर्न माग गर्दै सुरु गरेको अनशनमा ऐक्यवद्धता जनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू अर्जुननरसिंह, शेखर कोइरालालगायतका नेताहरू सहभागी छन् ।

उनीहरुले आज बिहान नेता प्रकाशमान सिंहको निवासमा भेला भएर जिल्ला सभापतिको अनशनमा ऐक्यवद्धता जनाउने निर्णय गरेका थिए । उपसभापति विमलेन्द्र निधि भने अनशनमा ऐक्यबद्धता जनाउन पुगेका छैनन् ।

नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा गठित कार्यदलले सोमवार क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन बुझाइसकेको छ । पार्टी सभापतिलाई बुझाइएको यो प्रतिवेदनलाई सभापतिले निर्वाचन समितिलाई बुझाउने र समितिले जिल्ला सभापतिहरुमार्फत सार्वजनिक गर्ने कांग्रेस कार्यविधि छ ।

समितिले प्रतिवेदन नबुझ्दै सदस्यता वितरणमा संस्थापन पक्षबाट मनपरी भएको दावीगर्दै जिल्ला सभापतिहरुले आजबाट रिले अनशन सुरु गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर