महिला फुटबलको राष्ट्रिय टिममा एउटै जिल्लाका नौजना खेलाडी — OSNepal

महिला फुटबलको राष्ट्रिय टिममा एउटै जिल्लाका नौजना खेलाडी

LC (KTM) August 25, 2021 0

रौतहट, ९ भदौ- लामो समयदेखि महिला फुटबलमा योगदान दिँदै आएको रौतहट जिल्लाले यसपटक पनि राष्ट्रिय टिममा नौजना खेलाडी योगदान गरेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा), महिला फुटबल विभागकाअनुसार रौतहटका मात्रै नौजना खेलाडी राष्ट्रिय टिममा परेका हुन ।

जसअनुसार पुनम जर्घा मगर, रेनुका नगरकोटी, सविता रानामगर, रजनी ठोकर, रस्मी घिसिङ, अन्जना रानामगर, मन्जली योन्जन, अनिता केसी र निसा ठोकर एन्फा राष्ट्रिय टिममा पर्न सफल भएका छन् ।स्वर्गीय शेरबहादुर दर्लामीले आफ्नो प्रयासमा सुरु गरेको महिला फुटबलको प्रशिक्षणमा रहेका अधिकांस खेलाडी राष्ट्रिय टिममा परेका हुन् ।

चन्द्रपुर नगरपालिका–चन्द्रनिगाहपुरका फुटबल प्रशिक्षक नुरराज काफ्लेकाअनुसार राष्ट्रिय टिममा विभिन्न विभागीय टोलीसहित २३ जनाले खेल्न पाउनेमा रौतहटबाट मात्र नौजना छनौट हुनु गर्वको विषय भएको प्रतिक्रिया दिए ।

पछिल्लोपटक सार्वजनिक सूचीअनुसार राष्ट्रिय टिममा पर्नेहरु सबै रौतहट जिल्लाकै उत्पादन रहेको रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दर्लामीले बताए ।

उनकाअनुसार एन्फाको महिला टिममा मात्रै होइन, अन्य विभागीय टिममा पनि रौतहटका महिला फुटबलरहरुको संख्या बढेको छ । रौतहट सबैभन्दा बढी महिला फुटबलर उत्पादन गर्ने जिल्लाको रुपमा प्रख्यात छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर