अहिले जुन १० जनाले ओलीसँग फोटो खिच्नुभएको छ उनीहरुबाट भएको हो पार्टी गठन गर्न उक्साउने काम — OSNepal

अहिले जुन १० जनाले ओलीसँग फोटो खिच्नुभएको छ उनीहरुबाट भएको हो पार्टी गठन गर्न उक्साउने काम

LC (KTM) August 25, 2021 0

काठमाडौं ९ भदौ । नेकपा (एकीकृत समाजवादी)का नेताहरु आजै दल दर्ताको प्रमाणपत्र लिने तयारीमा लागि परेका छन् ।

दलको सनाखत गर्न निर्वाचन आयोग पुगेका नेकपा एसका नेताहरुले पहिला नयाँ पार्टी गठन गर्न उक्साउने अहिले अध्यक्ष केपी ओलीतिर गएको बताएका छन् ।

पत्रकारसँगको कुराकानीमा नेता गंगालाल तुलाधरले यस विषयको खुलासा गरेका हुन् ।
अहिले ओलीसँग १० जना जसले फोटो खिचाएका छन् । उनीहरुले नै पार्टी गठन गर्न उक्साउने काम गरेका हुन् तर अहिले धोका दिएको बताउँदै उनले भने, अ’हिले १० जनाले ओलीसँग फोटो खिच्नुभएको छ । उहाँहरुले उतै सनाखत गर्नुभयो होला’ ।

नेकपा एस पार्टीमा ३० जना सांसद ५५ जना केन्द्रिय सदस्यले हस्ताक्षर गरिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर