अबको चार महिनामा आफ्नो पार्टी सबैभन्दा ठुलो पार्टी बन्छ : मेटमणी चौधरी — OSNepal

अबको चार महिनामा आफ्नो पार्टी सबैभन्दा ठुलो पार्टी बन्छ : मेटमणी चौधरी

LC (KTM) August 25, 2021 0

काठमाडौँ ९ भदौ । नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले नेकपा एमालेमा जबसम्म केपी ओली अध्यक्ष रहन्छन् तब सम्म एकता नहुने बताएका छन् ।

दल सनाखतको लागि निवार्चन आयोग पुगेका सांसद चौधरीले पत्रकारसँगको कुराकानीमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

पत्रकारसँगको कुराकानीमा उनले अब आफ्नो पार्टी सबैभन्दा ठुलो पार्टी बन्ने र यसैको वरिपरि मुलुकको राजनीति अगाडी बढ्ने दावी समेत गरेका छन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, विप्लव, मोहन वैद्यलगायत सबै राजनीतक दलबीच एकता भएर ठुलो पार्टी बन्ने चौधरीले प्रस्टाएका छन् ।

तथापी. एमालेसँग भने ओली अध्यक्षमा रहँदासम्म सहमति, सहकार्य र एकता नहुने पनि उनले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर