दिवङ्गत आमाबुवाको स्मृतिमा मन्दिर निर्माण — OSNepal

दिवङ्गत आमाबुवाको स्मृतिमा मन्दिर निर्माण

Kesh Karki (USA) August 25, 2021 0

गलकोट नगरपालिका–६ का देवेन्द्रबहादुर बस्नेतले आफ्ना दिवङ्गत आमाबुवाको स्मृतिमा मन्दिर निर्माण गर्नुभएको छ । उहाँले आमा कुन्तीकुमारी र बुबा शालिकरामको सम्झनामा सोही वडाको कालीलेकमा ‘कामना’ मन्दिर बनाउनुभएको हो ।ताराखोला र काठेखोला गाउँपालिकासमेत सीमामा पर्ने कालीलेक पर्यटकीय सम्भावना बोकेको ठाउँ हो । रु १० लाख खर्चेर मन्दिर निर्माण गरिएको बस्नेतले बताउनुभयो । “आमाबुबाको स्मृतिलाई चिरस्थायी बनाउन परिवारका तर्फबाट मन्दिर बनाएका हौँ,” उहाँले भन्नुभयो ।

गाउँका कालिगढले स्थानीय सामग्री प्रयोग गरेर मन्दिर बनाएका हुन् । गलकोट–६ का अध्यक्ष नरबहादुर खत्रीले मन्दिरले कालीलेकको महत्व थप बढ्ने उल्लेख गर्नुभयो । पर्यटकीय सम्भावनायुक्त उक्त क्षेत्रलाई धार्मिक एवं सांस्कृतिक आस्थासँग पनि जोडेर प्रवद्र्धन गर्नुपर्नेमा उहाँको जोड छ ।उहिलेको समयमा लेकमा खेती किसानी गर्ने बाउबाजेले मनोकाङ्क्षा पूरा हुने विश्वासमा कालीलेकको देउरालीमा पूजाआजा गर्ने चलन रहेको वडाध्यक्ष खत्रीले सुनाउनुभयो ।

सोही ठाउँ नजिक अहिले ‘कामना’ मन्दिर निर्माण गरिएको हो ।मन्दिर बनेसँगै घुमघाममा रमाउनेदेखि धार्मिक पर्यटकलाई पनि कालीलेकले आकर्षित गर्ने विश्वास लिइएको छ । उच्च लेकाली भेगमा पर्ने कालीलेकमा पहिलपहिले किसान गोठ बस्ने, खेती लगाउने गर्थे ।व्यावसायिक पशुपालन र कृषि खेतीका लागि उपयुक्त भए पनि त्यो ठाउँ अहिले बाँझै पल्टिएको छ । पर्यटकीय सम्भावना भएर पनि पूर्वाधार र प्रचारप्रसार अभावमा कालीलेक ओझेलमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर