सप्तरीमा २४ वर्षीया महिलालाई बलात्कार गर्ने इञ्जिनीयर राकेशकुमारलाई पुर्पक्षका लागि कारागार पठाइयो — OSNepal

सप्तरीमा २४ वर्षीया महिलालाई बलात्कार गर्ने इञ्जिनीयर राकेशकुमारलाई पुर्पक्षका लागि कारागार पठाइयो

LC (KTM) August 25, 2021 0

सप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेका आरोपमा एक इञ्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि आज कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभयो ।

पीडित महिलालाई २०७८ साल वैशाख २ गते चौधरीले बलात्कार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय कञ्चनरूपमा गत साउन १४ गते उजुरी दर्ता भएको थियो । गाउँपालिकाकै महुली चोकमा भेट्न बोलाई अग्निसाइर कृष्णसवरण–१ सखुवा तीनमुखेस्थित जङ्गलमा लगेर पर्सा, वीरगञ्ज महानगरपालिकाका इञ्जिनीयर चौधरीले बलात्कार गरेको पीडितले आरोप लगाउनुभयो ।

इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन १५ गते उजुरी दर्ता गरी सोही दिन आरोपितलाई पक्राउ गरेको थियो । आरोपितले बिदामा घर आउँदा भेट भएको जनाउँदै पीडितले आफूलाई लगाएको आरोप झुटो भएको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर