दोहोरो नागरिकताका आरोपमा पक्राउ — OSNepal

दोहोरो नागरिकताका आरोपमा पक्राउ

Kesh Karki (USA) August 25, 2021 0

दुई देशका परिचयपत्र फेला परेपछि एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा छिन्नमस्ता गाउँपालिका—२ का प्रमोदकुमार मण्डल छन् ।नेपाली नागरिकता, मतदाता परिचयपत्रका साथै भारतीय आधार कार्ड फेला परेपछि उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अभियुक्तलाई अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी नाथु साहले जानकारी दिनुभयो ।

जिप्रकाबाट २०६२ साल भदौ १७ गते उनले लिएको नागरिकता प्रमाणपत्र नं ६६७३ छ । जन्ममिति २०४६ साल जेठ २३ गते रहेको उनको मतदाता परिचयपत्र ०६७४५८७४ छ ।उनीसँग फेला परेको भारतको आधार कार्डमा भारतीय ठेगाना पिप्रा खुर्द विष्णुपुर–६ सुपौल सरायगढ भपटियाही विहार ८५२१०५ उल्लेख छ । दुवै परिचयपत्रमा उमेर करिब एक वर्ष फरक देखिन्छ ।

बलात्कार आरोपमा इञ्जिनीयर थुनामासप्तरीकी २४ वर्षीया महिलालाई बलात्कार गरेका आरोपमा एक इञ्जिनीयर पुर्पक्षका लागि राजविराज कारागार चलान भएका छन् । अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का २५ वर्षीय राकेशकुमार चौधरीलाई पुर्पक्षका लागि आज कारागार पठाइएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभयो ।

पीडित महिलालाई २०७८ साल वैशाख २ गते चौधरीले बलात्कार गरेको जनाउँदै इलाका प्रहरी कार्यालय कञ्चनरूपमा गत साउन १४ गते उजुरी दर्ता भएको थियो । गाउँपालिकाकै महुली चोकमा भेट्न बोलाई अग्निसाइर कृष्णसवरण–१ सखुवा तीनमुखेस्थित जङ्गलमा लगेर पर्सा, वीरगञ्ज महानगरपालिकाका इञ्जिनीयर चौधरीले बलात्कार गरेको पीडितले आरोप लगाउनुभयो ।इलाका प्रहरी कार्यालय कञ्चनरूपले साउन १५ गते उजुरी दर्ता गरी सोही दिन आरोपितलाई पक्राउ गरेको थियो । आरोपितले बिदामा घर आउँदा भेट भएको जनाउँदै पीडितले आफूलाई लगाएको आरोप झुटो भएको जिकिर गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर