दुई महिनाअघि किनेको जेसीबी घर अगाडिबाटै चोरी, भर्खरै किनेकाले नम्बरप्लेट पनि लेखिएको थिएन — OSNepal

दुई महिनाअघि किनेको जेसीबी घर अगाडिबाटै चोरी, भर्खरै किनेकाले नम्बरप्लेट पनि लेखिएको थिएन

LC (KTM) August 25, 2021 0

सिरहा, ९ भदौ – सिरहाको चोहर्वामा घरै अगाडिबाट जेसीबी (एस्काभेटर) चोरी भएको छ । गोलबजार नगरपालिका–८ पुरानो चोहर्वामा रहेको राज हार्डवेयर पसल अगाडिबाट राजकुमार गुप्ताको जेसीबी चोरी भएको हो ।

काम विशेषले बाहिर गएर राति ११ बजेतिर आउँदा जेसीबी घरकै अगाडि रहे पनि बिहान उठ्दा नदेखिएको गुप्ताले बताए । ‘राति ११ बजेपछि हामी सबैजना खाना खाएर सुत्न गयौं, बिहान उठदा घर अगाडि देखिएन, ड्राइभरले लगे कि भनेर फोन गरें, उनले पनि नलगेको भनेपछि चोरी भएको हो भन्ने लाग्यो,’ गुप्ताका भाइ गौतम गुप्ताले  भने ।

जेसीबी लगभग दुई महिना अगाडि किनिएको बताइएको छ । भर्खरै किनेकाले नम्बरप्लेट पनि लेखिएको थिएन । जेसीबीको ब्लुबुकलगायतका कागजातसमेत गाडीमै रहेको गुप्ताको भनाइ छ ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सन्तोष राईले सूचना पाएलगत्तै घटनास्थल पुगेर खोजीकार्य सुरु भइसकेको जानकारी दिए । पछिल्लोपटक सिरहामा चोरी तथा लुटपाटको घटना वृद्धि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर