ओलीले पार्टीभित्रको क्रान्तिकारी धारलाई समाप्त पारेको नेपालको आरोप — OSNepal

ओलीले पार्टीभित्रको क्रान्तिकारी धारलाई समाप्त पारेको नेपालको आरोप

LC (KTM) August 25, 2021 0

काठमाडौँ । एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफू केपी ओली प्रवृत्तिविरुद्ध विगतदेखि जुध्दै आएको र अहिले ओली दक्षिणपन्थी शक्तितिर लागेपछि नयाँ पार्टी गठन गर्नुपरेको बताएका छन्। उनले दक्षिणपन्थी शक्तिहरूसँग ओलीको साँठगाँठ भएकाले पार्टी पुनर्गठन गर्नुपरेको प्रष्ट्याए। ओलीले पार्टी एकताका सबै ढोका बन्द गरेको आरोप पनि नेपालले लगाए।

चन्द्रागिरि हिल्समा केन्द्रीय सदस्यहरूसँगको छलफलका क्रममा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता नेपालले एमालेभित्र दक्षिणपन्थी र क्रान्तिकारी गरी दुई धार देखिएको बताए। क्रान्तिकारी धार लोकतान्त्रिक वामपन्थी शक्तिहरूसँग एकताबद्ध भएर अघि बढ्ने पक्षमा रहेको तर दक्षिणपन्थी धारको नेतृत्व गरेका पार्टी अध्यक्ष ओली बाधक बनेको बताए।यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

ओलीले पार्टीभित्रको क्रान्तिकारी धारलाई समाप्त पारेको आरोप उनले लगाए। ‘यसक्रममा दक्षिणपन्थी शक्तिहरूसँग उहाँ ९ओली०को साँठगाँठ बढ्न थाल्यो। यसैक्रममा विभिन्नखालका दक्षिणपन्थी तत्वहरू, समूहहरूसँग उहाँको गठबन्धन भयो। यसले गर्दा पार्टीभित्र दुईवटा धार देखिए। एउटा दक्षिणपन्थी धार देखियो भने अर्को क्रान्तिकारी धार देखियो। एउटा लोकतान्त्रिक वामपन्थी शक्तिहरूसँग एकताबद्ध भएर जाने, अर्को दक्षिणपन्थीसँग सम्झौता गरेर जाने। उहाँ पार्टीभित्रको क्रान्तिकारी धारलाई समाप्त पार्ने सोचमा हुनुहुन्थ्यो, हुनुहुन्छ’, नेपालले भने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर