नेपालकी विश्व चर्चित ओलम्पियन पौडीबाज गौरिकालाई कोरोना संक्रमण, बसिन् आइसोलेसनमा — OSNepal

नेपालकी विश्व चर्चित ओलम्पियन पौडीबाज गौरिकालाई कोरोना संक्रमण, बसिन् आइसोलेसनमा

LC (KTM) August 25, 2021 0

काठमाडौँ, ९ भदाै- ओलम्पियन पौडीबाज (स्वीमर) गौरिका सिंहलाई कोरोना संक्रमण भएको छ । गौरिकाले आफू कोरोना संक्रमित भएको जानकारी फेसबुकमार्फत् दिएकी हुन ।

गौरिकाले यसअघि जापानमा भएको टोकियो ओलम्पिकमा नेपालको प्रतिनिधित्व गरेकी थिइन् । प्रतिस्पर्धा सकेर बेलायत पुगेको केही सातामै उनले काेराेन स‌ंक्रमण भएकाे हाे ।

उनी आइसोलेसनमा बसेकी छन् । ‘भर्खरै गरिएको टेस्टमा मलाई कोरोना पोजिटिभ देखिएको छ,’ लगातार दोस्रो पटक ओलम्पिकमा प्रतिस्पर्धा गरेकी गौरिकाले लेखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर