रोल्पामा बाख्रा हेरेर फर्कदै गरेका ११ वर्षीय प्रवीणलाई अरिङ्गालले घेरा हाल्यो — OSNepal

रोल्पामा बाख्रा हेरेर फर्कदै गरेका ११ वर्षीय प्रवीणलाई अरिङ्गालले घेरा हाल्यो

LC (KTM) August 25, 2021 0

रोल्पामा अरिङ्गालको टोकाइबाट मंगलबार एक बालकको मृत्यु भएको छ । रोल्पा नगरपालिका–८ जङ्कोट बामरुक निवासी कुशल पुनमगर र रेजिना पुनमगरका छोरा ११ वर्षीय प्रवीण पुनमगरको अरिङ्गालको टोकाइबाट मृत्यु भएको मृतकका ठूलाबुवा धुव्रचन्द्र पुन मगरले जानकारी दिनुभयोे ।

घरदेखि केही टाढा बाख्रा ग्वालाबाट घर फर्किने क्रममा बेलुकी ५ः३० बजेतिर चिउरीको बोटबाट निस्किएका अरिङ्गाले उनलाई टोकेको थियो । उनलाई प्राथमिक स्वास्थ्य चौकी जङ्कोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पा अस्पताल रेउघामा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको पुनले जानकारी दिनुभयो । उनी कक्षा ६ मा अध्यनरत थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर