अफगानमा तालिवानको राज पछि अफगानिस्तान र पाकिस्तान बीचको सिरिज स्थगीत — OSNepal

अफगानमा तालिवानको राज पछि अफगानिस्तान र पाकिस्तान बीचको सिरिज स्थगीत

LC (KTM) August 24, 2021 0

अ फगानिस्तान यतिबेला ता लिवानको कब्जामा रहेको छ । त्यहाँको स्थिती एकदमै चिन्ताजनक रहेको छ । धेरै जसो नागरिक देश बाहिर जान चाहिरहेका छन् । यसैक्रममा पाकिस्तान र अफगानिस्तानबीचको एकदिवसीय क्रिकेट सिरिज अनिश्चितकालका लागि स्थगित भएको छ

अफगानिस्तानले देशको अवस्था समायनुकल नरहेको भन्दै सिरिज स्थगित गरिएको पाकिस्तान क्रिकेट बोर्डले जनाएको छ । तालिबानकै कारण उत्पन्न समस्याको कारण सिरिज स्थगित गरिएको जनाइएको छ ।

दुई टिमबीचको तीन खेलको एकदिवसीय सिरिज पाकिस्तानमा हुने तय भएको थियो । श्रीलंकामा खेल्ने तय भएपनि सिरिज पाकिस्तानमा सारिएको थियो । सिरिज सेप्टेम्बर ३ बाट सुरु हुने तालिका रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर