एएफसी महिला एसियन कप २०२२ छनोटका लागि नयाँ टीमको घोषणा — OSNepal

एएफसी महिला एसियन कप २०२२ छनोटका लागि नयाँ टीमको घोषणा

LC (KTM) August 24, 2021 0

एएफसी महिला एसियन कप २०२२ छनोटका लागि नेपाली चेलीहरुले आफ्नो कौशलता देखाउने बेला आएको छ । यसैक्रममा नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा पनि भएको छ । आज मुख्य प्रशिक्षक रहेका ग्यारी फिलिप्सले २३ जनाको टोलीको घोषणा गरेका हुन् ।

एन्फाले बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको घोषणा गरेको हो । नयाँ टिममा भने ५ खेलाडी अट्न सकेनन् । अमिशा कार्की,अन्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा बाहिरिएका छन् । ५ जना बाहिरीए पनि थप ६ खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका छन् ।

मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ,सबिता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टिममा अटाएका छन् । उज्वेकिस्तानमा आयोजना हुने छनोटमा नेपाल समूह एफ अन्र्तगत रहेर प्रतिष्पर्धा गर्नेछ । यो समूहमा नेपाल संगै फिलिपिन्स र हङकङ पनि छन् ।

फिलिपिन्ससँग प्रतिष्पर्धा गर्दै नेपालले आफ्नो छनोट खेलको सुरुवात गर्नेछ । यी दुई टीमबीच असोज २ गते प्रतिष्पर्धा हुनेछ । त्यस्तै नेपालले दोस्रो खेलमा असोज ५ गते हङकङ संग प्रतिष्पर्धा गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर