नेपाल पत्रकार महासंघ झापाले सुरु गरेको पत्रकार उपचार कोषमा ४५ लाख जम्मा , पत्रकार प्रसाईले आमाको पुण्य तिथिमा ११ हजार १ सय ११ रुपैया गरे सहयोग — OSNepal

नेपाल पत्रकार महासंघ झापाले सुरु गरेको पत्रकार उपचार कोषमा ४५ लाख जम्मा , पत्रकार प्रसाईले आमाको पुण्य तिथिमा ११ हजार १ सय ११ रुपैया गरे सहयोग

LC (KTM) August 24, 2021 0

नेपाल पत्रकार महासंघ झापाले सुरु गरेको पत्रकार उपचार कोषमा ४५ लाख रुपैया जम्मा भइसकेको छ । महासंघ झापा शाखाले स्थापना गरेको यस कोष एक करोड रुपैयाँ पु¥याउने लक्ष्य रहेको छ ।

कोषमा जम्मा भएको रकमको ब्याज बाट पत्रकारहरु विरामी तथा दुर्घटनामा परि घाइते हुँदा उपचार सहयोग प्रदान गरिँदै आएको छ । कोषमा सहयोग जुट्ने क्रम पनि निरन्तर चलिरहेको महासंघ झापा शाखाका अध्यक्ष एकराज गिरीले जानकारी दिए । यसैबीच आज पनि केही रकम कोषमा जम्मा भएको छ ।

पत्रकार महासंघ झापा शाखाका कार्यसमिति कोषाध्यक्ष रञ्जित प्रसाईले आफ्नी आमाको स्मृतिमा पत्रकार सहारा उपचार कोषलाई ११ हजार एक सय ११ रुपैयाँ प्रदान गरेका छन् । उनले आमा दमन्तादेवीको ११ औं वार्षिक पुण्य तिथिका दिन पत्रकार उपचार कोषका लागि महासंघ झापा शाखाका अध्यक्ष गिरीसहितको टोलीलाई उक्त रकम प्रदान गरेका हुन् ।

आँगन एफएम बिर्तामोडका स्टेशन मेनेजर बिर्तामोड ७ गरामनी निवासी प्रसाईले डेढ दशकदेखि पत्रकारितामा क्रियाशील छन् । महासंघ झापा शाखाले संघ–संस्था, सहकारी, बैंक, दाता सबै क्षेत्रलाई एकपटक पत्रकारको दिगो हितका लागि स्थापना भएको उपचार कोषमा सहयोग गर्न आव्हान गरेको छ । उपचार कोषको सदस्यता नलिएका सबै पत्रकारलाई तत्काल कोषको सदस्यता लिन पनि महासंघले आह्वान गरेकोे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर