प्रदेश १ मा आज फेरी कोरोनाले लियो १३ जनाको ज्यान , ६११ जना थपिए नयाँ संक्रमित — OSNepal

प्रदेश १ मा आज फेरी कोरोनाले लियो १३ जनाको ज्यान , ६११ जना थपिए नयाँ संक्रमित

LC (KTM) August 24, 2021 0

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६११ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३३८ जनाको पीसीआर परीक्षण गर्दा ४१४ र ७१८ जनाको एन्टिजेन परीक्षणगर्दा १९७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४४, मोरङमा १४२, सुनसरीमा ९३, धनकुटामा १५, इलाममा ४, भोजपुर, उदयपुर र संखुवासभामा २–२, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको हो ।

झापाको दमकमा २७, कनकाई र विर्तामोडमा २१–२१, शिवसताक्षीमा १६, मेचीनगरमा १५, अर्जुनधारामा १२, भद्रपुरमा १०, कमल गाउँपालिकामा ९, गौरादह, हल्दिबारी र बुद्धशान्तिमा ३–३, बा¥हदशीमा २, कचनकवल र गौरीगञ्जमा १–१ जनामा संक्रमण देखिएको छ ।

मोरङको विराटनगरमा ४३, लेटाङमा ३८, पथरीशनिश्चरेमा २२, केराबारीमा १३, सुन्दरहरैचामा १२, उर्लाबारीमा १०, बेलबारीमा २, सुनबर्षी र मिक्लाजुङमा १–१ जनामा देखिएको छ ।

सुनसरीको इटहरीमा ५२, धरानमा ३०, इनरुवामा ४, गढीमा ३, बराहक्षेत्रमा २, रामधुनी र दुहवीमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा १०, छथर जोरपाटीमा ३, चौवीसे र पाख्रिबासमा १–१, इलामको माईमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १–१, भोजपुरको भोजपुर नगरपालिका र स्थानीय तह नखुलेका १–१ जनामा देखिएको छ ।

उदयपुरको बेलका र चौदण्डीगढीमा १–१, संखुवासभाको मादी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ९ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३१२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १२८ पुरुष र १८४ महिला रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर