१७ वर्षीया किशोरीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ — OSNepal

१७ वर्षीया किशोरीको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ

LC (KTM) August 24, 2021 0

कास्की ८ भदौ । १७ वर्षीया किशोरीको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जा हरिनास गाउँपालिका-६ चालिसे बस्ने ४५ वर्षीय खड्क बहादुर खवास रहेका छन् ।

निजमाथि मादी गाउँपालिका १० मकै खोलास्थित मामा घर बस्ने सोही गाउँपालिका ९ सिप्लिवेशी घर भएकी १७ वर्षीया कोपिला परियारको हत्या गरेको अभियोग लागेको छ ।

२०७७ असार २५ गते सोही गाउँपालिका ११ मुखिएको सेरस्थित पातिघारीमा कोपिलाको शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय स्याङ्जाको सहयोगमा स्याङ्जा पुतलिबजार नगरपालिका ४ शिवमन्दिर चोकबाट निजलाई पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान सम्बन्धी मुद्दामा १० दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान अगाडी बढाइने जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर