उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने — OSNepal

उपत्यकामा राति ८ बजेपछि पनि सवारी सञ्चालन गर्न पाइने

Kesh Karki (USA) August 24, 2021 0

जिल्ला प्रशासन कार्यालय काठमाडौँले काठमाडौँ उपत्यकामा राति ८.०० बजेपछि सवारीसाधन सञ्चालनमा लगाइएको रोक हटाएको छ ।उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज भएको बैठकले निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा यसअघि व्यवस्था गरिएको ८.०० बजेसम्मको समयावधि हटाइएको हो । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सवारीसाधन सञ्चालनका लागि यसअघि गरिएको व्यवस्था हटाइएको राससलाई जानकारी दिनुभयो ।

उहाँले साविक बमोजिमको भदौ १६ गतेसम्म कोभिड–१९ महामारी नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा भने कायमै रहेको बताउनुभयो । साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारीसाधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८.०० बजेभित्र गन्तव्यमा पुगिसक्नु पर्ने उल्लेख थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर