त्रिभुवन विमानस्थलबाट कतार जान लागेका पाठकको लगेजमा राखिएको आयुर्वेदिक औषधिको बट्टा भित्र यस्तो ! — OSNepal

त्रिभुवन विमानस्थलबाट कतार जान लागेका पाठकको लगेजमा राखिएको आयुर्वेदिक औषधिको बट्टा भित्र यस्तो !

LC (KTM) August 24, 2021 0

काठमाडौँ ८ भदौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट लागूऔषध गाँजा बोकेर कतार जान लागेका एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चितवन खैरेनी–१० घर भएका २९ वर्षीय बुद्धिराज पाठक रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरोका डीएसपी फणिन्द्र प्रसाईं दिएको जानकारी अनुसार पाठकलाई कतार एयरवेजको उडानमार्फत दोहा जान लागेको अवस्था लगेजमा आयुर्वेदिक औषधिका बट्टाभित्र ८ सय ग्राम गाँजा अवस्थामा पक्राउ गरिएको हो ।

यस विषयमा थप अनुशन्धान हुने ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर