इंग्लिस प्रिमियर लिगका १६ जना खेलाडीमा देखियो कोरोना संक्रमण — OSNepal

इंग्लिस प्रिमियर लिगका १६ जना खेलाडीमा देखियो कोरोना संक्रमण

LC (KTM) August 24, 2021 0

लण्डन -इंग्लिस प्रिमियर लिग ९एपिएल० मा १६ खेलाडी तथा क्लब पदाधिकारीमा कोभिड १९ संक्रमण देखिएको छ । सोमबार बिबिसीले जनाएअनुसार गत दुई सातामा क्लबका १६ खेलाडी र पदाधिकारीमा कोरोना पुष्टि भएको हो ।

दुई सातामा प्रिमियर लिगमा ३ हजार ६० को पीसीआर गरिएको थियो । लिगको १६ र २२ तारिखमा दुई पटक पीसीआर गर्दा पहिलो साता १२ र दोस्रो सातामा ४ कोरोना पोजिटिभ देखिएको हो ।

पछिल्लो आँकडाअनुसार पहिलो सातामा भन्दा दोस्रो सातामा बढी पोजिटिभ देखिएको छ ।अब प्रिमियर लिगले हप्तामा दुई पटक कोरोना परीक्षण गराउनेछ ।

चेल्सी स्ट्राइकर क्रीष्टियन पुलिसिकले आइतबार लण्डन डर्बीमा आर्सनलविरुद्ध कोरोनाकै कारण खेल गुमाएका थिए । यद्यपि चेल्सी खेलमा २(० को जित निकाल्दै शिर्ष स्थानमा पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर