सेक्स नै मेरो गोल्ड मेडल जित्ने मुख्य शक्ति हो - रसीयन एथलीट एला — OSNepal

सेक्स नै मेरो गोल्ड मेडल जित्ने मुख्य शक्ति हो – रसीयन एथलीट एला

LC (KTM) August 23, 2021 0

रुसकी ओलम्पिक च्याम्पियन एला शिशकिना संसारकै टप एथलीट्समा चिनिन्छिन् । उनलाई नचिन्ने कमै छन् । उनी सेक्सलाई पनि शारिरीक कसरतको रुपमा लिने गर्छिन् । एलाले बताएकी छिन् कि खेलकूदको मैदानमा आफ्नो प्रस्तुती सुधार्नका लागि उनी म्याच भन्दा पहिला सेक्स लाई प्राथमिकता दिन्छिन् ।

एला टोकियो ओलम्पिक २०२० मा गोल्ड मेडल जित्न सफल भएकी थिईन् । एला सिन्क्रोनाइज्ड स्वीमिंगमा भाग लिईरहेकी छिन् । यसभन्दा पहिला सन् २०१६ र २०१२ मा लण्डनमा भएको ओलम्पिकमा पनि उनले गोल्ड मेडल जितेकी थिईन् । एलाले न्युज आउटलेट स्पोर्टस् एक्सप्रेस संग आफ्नो अन फिल्ड प्रस्तुतीका बिषयमा कुरा गरेकी थिईन् ।

उनले भनिन्– म बिज्ञान, खोज तथा डाक्टरको सल्लाह प्रति भरोसा गर्दछु । यसका कारण मैले मेरो आफ्नो डाक्टर डेनिस संग कुरा गरेको थिए । बैज्ञानिक आधारमा यदि तपाई आफ्नो ब्यवसायिक खेलकूदमा कम समयमा निरन्तर पुरा ताकतका साथ प्रस्तुती गर्न चाहानु हुन्छ भने सेक्स यो मामलामा धेरै राम्रो कुरा हो ।

उनले यसअघि कुरा गर्दै भनिन्– तर यदि तपाई लामो दुरी तय गर्नु छ तथा तपाईको प्रस्तुती फिल्डमा काफी उत्तार चढावबाट भरिएको छ भने म शायद सेक्स लाई प्राथमिकता दिन्न । मलाई लाग्छ हरेक ब्यक्तिलाई आफ्नो शरीर अनुसारको फैसला लिनु आवश्यक छ । यसका लागि डाक्टर संग सल्लाह लिएर एउटा तालिका बनाएर काम गर्न सक्नु हुन्छ ।

उनले प्रतिष्पर्धा अघि आफु सेक्स गर्ने गरेको र यसले आफुलाई सधै बिना तनाव शान्त, तथा हरेक शरीरका अंगहरु चलायमान भएको हुनाले प्रतिष्पर्धामा स्फुर्ती बढ्ने गरेको उनको दाबी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर