पछिल्लोपटक सामाजिक सञ्जालमा भाइरल भएको घटनाले सशंकित बनाएको भन्दै विमला वलीविरुद्ध जेठाजु अदालतमा — OSNepal

पछिल्लोपटक सामाजिक सञ्जालमा भाइरल भएको घटनाले सशंकित बनाएको भन्दै विमला वलीविरुद्ध जेठाजु अदालतमा

LC (KTM) August 23, 2021 0

रुपन्देही -लुम्बिनीकी प्रदेश सांसद विमला वलीरुद्ध दुई नाबालक छोराहरुकै तर्फबाट अदालतमा अंश मुद्दा दायर भएको छ । वलीका जेठाजु अमरबहादुर वलीले विमलाका दुई छोराहरु १२ वर्षिय प्रणय वली र ९ वर्षिय दिवाकर वलीको तर्फबाट जिल्ला अदालत दाङमा मुद्दा दर्ता गरेका हुन् । परपुरुषसँग ‘रोमान्स प्रकरण’ सार्वजनिक भएर विवादमा तानिएकी वली विरुद्ध नाबालक छोराहरूको तर्फबाट अंश मुद्दा दायर भएपछि अर्को झमेलामा परेकी हुन् ।

निवेदकले विपक्षी विमलाकुमारी खत्री वलीबाट नावालक छोराहरुको सम्पत्तिको हिनामिना हुने अवस्था आएकोले उक्त सम्पत्तिको संरक्षण र नावालकहरुको अधिकारको संरक्षण गर्नु अभिभावकको दायित्व भएको उल्लेख गरेका छन् । निवेदक अमरबहादुर विमलाका श्रीमान स्वर्गीय उत्तरकुमार वलीका साहिँला दाजु हुन् । निवेदक वलीले पछिल्लो विकसित घटनाहरुले आफूलाई विमला वलीबाट उत्तरकुमार वलीका नावालक छोराहरुको सम्पत्तिको असुरक्षा देखिएपछि आफु अदालत गएको अमरबहादुर वलीले बताए ।

‘विमला ४ महिनादेखि परिवारको सम्पर्कमा नआएपछि बाध्य भएर अदालत पुग्नु परेको बताए ।पछिल्लोपटक सामाजिक सञ्जालमा भाइरल भएको घटनाले हामीलाई सशंकित बनायो । त्यसैले निवेदन पेश गरेको हुँ ।’ उनले भने ।केही दिनअघि एक वाइसीएल कार्यकर्ताले आफ्नो फेसबुकमा विमलासँगको रोमान्टिक तस्वीर सार्वजनिक गरेका थिए ।

विवादमा आएपछि उनीहरु दुवैले त्यो तस्वीर ‘एडिटेड’ भन्दै बताका थिए । नेकपा एमालेको तर्फबाट २०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङको क्षेत्र नं ३ ख बाट निर्वाचित उत्तरकुमार ओलीको दुर्घटनामा निधन भएपछि २०७६ सालमा सम्पन्न उपनिर्वाचनमा तत्कालीन नेकपाको तर्फबाट विमला निर्वाचित भएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर