अ फगानिस्तानमा ता लिवान फर्किएको छ । ता लिवानले आफ्नो शासनकालमा खासगरी महिला प्रति एकदमै ठुलो अपराध गरेको थियो । महिलाकै लागि भनेर कडा प्रतिबन्ध लगाइएको थियो । यसका लागि महिलाहरुले धेरै कठिनाईहरु झेल्नु परेको थियो । केही यस्तै कहानी लेखिका नादिया गुलामको समेत रहेको छ ।
नादिया १० बर्ष सम्म एक पुरुषको रुपमा जिवन बिताउन बाध्य भएकी थिईन् । किनकी उनी अ फगानिस्तानमा बस्दै आएकी थिईन् जहाँ ता लिवानले महिलाहरुलाई नोकरी तथा पढाई गर्न अनुमति दिएको थिएन । यही कारण नादियाले सानै उमेरमा आफ्नो घर सम्हाल्नका लागि पुरुष बन्नु परेको थियो । उनले भनिन्– जब म ८ बर्षको थिए त्यतिबेला हाम्रो घरमा बम खसेको थियो । मेरो भाई त्यहि आ क्रमणमा मारिएको थियो । साथै म पनि एकदमै नराम्रो संग घाइते भएको थिए ।
मलाई त्यतिबेला थाहा भएको थियो कि युद्ध चलिरहेको बेला कसैको जिन्दगी कसरी सकिन्छ भन्ने । जब म अफगानिस्तानको एक अस्पतालमा आफ्नो ईलाज गराईरहेको थिए त्यतिबेला एकदमै हैरान भएको थिए । त्यतिबेलै मलाई महसुस भएको थियो कि आफ्नो हिस्साको संघर्ष बाट पछि हट्ने छैन ।
यसपछि उनले ११ बर्षको उमेरमा एउटा महत्वपुर्ण फैसला गरिन् । उनले आफ्नो पहिचान लाई समाप्त पार्दै आफ्नो सानो भाईको रुपमा दुनिया माझ प्रस्तुत भइन् । उनलाई ता लिवान बाट पहिचान फेरे पनि चुनौती भने एकदमै धेरै रहेको थियो । उनी केटाको कपडा लगाएर काम गर्न जान्थिन् । उनले आफु केटी हुँ भन्ने भुलेर परिवारको पेट पाल्नकै लागि केटा बनेर बाहिर १० बर्ष सम्म काम गरिन् । उनको यो झुटो पोल कति पटक खुल्नै लाग्दा बाल बाल बचेकी थिईन् ।
नादिया १५ बर्षको हुँदा एक एनजीओका सहायतामा अफगानिस्तान बाहिर निस्कन सफल भएकी थिईन् । हाल उनको परिवार अफगानिस्तानमै रहेको छ । उनी स्पेनको केटोलोनियामा एक अफगानी शरणार्थीको रुपमा रही रहेकी छिन् । उनले त्यहा रहदा पत्रकार एग्नेस रोट्गर संग आफ्नो अनुभवको आधारमा किताब पनि लेखेकी छिन् ।