पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा संक्रमण — OSNepal

पछिल्लो २४ घण्टामा ८ हजार २०३ जनामा संक्रमण

LC (KTM) May 18, 2021 0

काठमाडौं । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा८ हजार २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार आज शभर थप ८२०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ ।र विभिन्न जिल्लामा गरिएको २० हजार २८६ पीसीआर परीक्षणमा ८ हजार १३६ जनामा कोरोना पुष्टि भएको हो । यस्तै २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ पुगेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ६ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०४९ जना, भक्तपुरमा २२१ जना र ललितपुरमा ३६५ जना कोरोना संक्रमित भेटिएका छन् ।त्यस्तै १९६ जनाको मृ त्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर