जापानले सरकारले कोभ्यास अन्तर्गत दिएको १६ लाख डोज खोप नेपाल आइपुग्यो — OSNepal

जापानले सरकारले कोभ्यास अन्तर्गत दिएको १६ लाख डोज खोप नेपाल आइपुग्यो

LC (KTM) August 23, 2021 0

काठमाडौँ ७ भदौ । जापान सरकारले दिएको कोरोना विरुद्धको अन्तिम खोपको मात्र आज ५ लाख डोज खोप नेपाल आएको छ ।

अन्तराष्ट्रिय त्रिभुवन विमानस्थलमा कोभ्यास अधिकारीहरुले स्वास्थ्य मन्त्रालयका अधिकारीलाई खोप हस्तान्तरण गरेका हुन् । चरणवद्ध रुपमा आएको जापान सरकारले कोभ्यासअन्तर्गत दिने १६ लाख अष्ट्राजेनेका खोप आज नेपाल आइपुगेको हो ।

परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार यो खोप प्रदेश १ र २ मा कोभिसिल्डको पहिलो मात्रा लगाएर बसिरहेकालाई दिने जनाइएको छ ।

साथै जापानबाट विभिन्न चरणमा कोरोनाको खोप आइरहेको छ । जापान कोरोनाविरुद्धको अस्ट्राजेनेका खोप कूल १६ लाख १४ हजार ७४० डोज उपलब्ध गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर