इंग्लिस प्रिमियर लिग : टोटेनहमको लगातार दोस्रो जित, युनाइटेड रोकियो — OSNepal

इंग्लिस प्रिमियर लिग : टोटेनहमको लगातार दोस्रो जित, युनाइटेड रोकियो

LC (KTM) August 23, 2021 0

म्यानचेष्टर-इंग्लिस प्रिमियर लिग (एपीएल)मा टोटनहम हट्सपटले लगातार दोसो जित निकालेको छ । आइतबार भएको खेलमा टोटनहमले उल्भ्सलाई १–० गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गराएको हो ।भ्रमण टोली टोटनहमलाई जिताउन डेल अलीले निर्णायक गोल गरे । उनले खेलको ९ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई महत्वपूर्ण तिन अंक जोडे । अलीले १७ महिनापछि पहिलो पटक लिगमा गोल गरेका हुन् ।

यता, लामो समय ब्रेकमा रहेका ह्यारी केनले दोस्रो हाफमा टोटेनहमबाट नै खेलेका थिए । यसअघि उनले क्लब छाड्ने हल्ला बाहिर आएको थियो । बाँकी समय दुबै टोलीले गोलको प्रयास गरे पनि गर्न सकेनन् । जितसँगै टोटेनहम ६ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित उल्भ्स भने लगातार दोस्रो खेलमा अंकविहीन भएको छ ।

यस्तै आज नै भएको अर्को खेलमा म्यानचेष्टर युनाइटेड साउथह्याम्पटनसँग १–१ को बराबरीमा रोकियो । घरेलु मैदानमा साउथह्याम्पटन युनाइटेडलाई रोक्न सफल भयो । यसअघि लिड्स युनाईटेडविरुद्ध ५–१ को सानदार जित सुरु गरेको युनाइटेड फिनिसिङमा सफल भएन । घरेलु टोलीसमेत गोल गर्न असफल रह्यो ।

खेलको ३० औं मिनेटमा साउथह्याम्पटनले आत्मघाती गोल उपहार पायो । युनाइटेडका फ्रेडले आफ्नै पोष्टमा गोल गरे । घरेलु टोलीका एडाम्सले प्रहार गरेको बल डिफ्लेक्ट हुँदै गोल भएको थियो । म्यानचेष्टरले दोस्रो हाफमा बराबरी गोल गर्‍यो । उसका मासोन ग्रिनवूडले गोल गरे । उनले पोग्वाको पास सदुपयोग गर्दै टोलीको हार टारे ।बराबरीमा रोकिएको युनाइटेड २ खेलबाट ४ अंक सहित पाचौं स्थानमा रहेको छ । यता, दुई खेलबाट १ अंक जोडेको साउथह्याम्पटन १३ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर