विवाद समाधान गर्न ८ बुँदे सहमति भएकै दिन ठाकुर र यादवको सहमति भाँडियो — OSNepal

विवाद समाधान गर्न ८ बुँदे सहमति भएकै दिन ठाकुर र यादवको सहमति भाँडियो

LC (KTM) May 18, 2021 0

काठमाडौँ ४ जेठ– जनता समाजवादी पार्टी नेपाल ९जसपा०को संसदीय दलको नेतामा राजेन्द्र महतो चयन भएका छन् । अध्यक्ष महन्थ ठाकुरको हस्ताक्षर रहेको उक्त पत्र संघीय संसद् सचिवालयमा दर्ता भएको छ ।

आज मंगलबार अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवबीच पार्टीभित्रको विवाद समाधान गर्न ८ बुँदे सहमति भएकै दिन
ठाकुर पक्षमा महतो संसदीय दलको नेता भएकोमा अर्का अध्यक्ष उपेन्द्र यादव पक्षले विना जानकारी दलको नेता चयन गरेको भन्दै विरोध गरेको छ ।

अध्यक्ष ठाकुरको हस्ताक्षर रहेको पत्र भनिएको छ ,’२०७८-०१-३० गते बसेको जनता समाजवादी पार्टी, नेपालको संसदीय दलको बैठकले संघीय संसदीय दलको विधान २०७७ अनुसार संसदीय दलको नेतामा मा। श्री राजेन्द्र महतोलाई निर्वाचित गरेको व्यहोरा जानकारी गराइन्छ । संसदीय दलको विधान, संसदीय दलको बैठकको माइन्युटको प्रतिलिपि यसै पत्र साथ संलग्न गरिएको छ’ ।

पार्टी विधान विपरीत दलको नेता चयन गरेको भन्दै यादव पक्षले या मान्य नहुने भन्दै विरोध जनाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर