राष्ट्र बैकले भन्यो-निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुबाट अतिरक्ति शुल्क लिन नपाउने — OSNepal

राष्ट्र बैकले भन्यो-निषेधाज्ञा अवधिभर बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकहरुबाट अतिरक्ति शुल्क लिन नपाउने

LC (KTM) May 18, 2021 0

काठमाडौं ४ जेठ । नेपाल राष्ट्र बैंकले कोरोना संक्रमणको समयमा गरिएको निषेधाज्ञा अवधिभर ग्राहकहरुबाट अतिरक्ति शुल्क नलिन निर्देशन दिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।

निषेधाज्ञा समाप्त भएको एक महिना सम्म कुनै पनि संस्थाले असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने समेत व्यवस्था राष्ट्र बैकले गर्ने भएको छ । यस्तो महामारीमा स्वास्थ्य सम्बिन्धत सञ्चालन भएका संस्थाहरुलाई बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने समेत राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर