इंग्लिस प्रिमियर लिगमा टोटेनहमको लगातार दोस्रो जित — OSNepal

इंग्लिस प्रिमियर लिगमा टोटेनहमको लगातार दोस्रो जित

LC (KTM) August 22, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा उल्भ्सले लगातार दोस्रो हार ब्यहोरेको छ । टोटेनहमले भने लगातार दोस्रो जित निकालेको छ । आइतबार राति भएको खेलमा उल्भ्सलाई शुन्यका बिरुद्ध एक गोल अन्तरले पराजित गर्दै टोटेनहमले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ ।

टोटेनहमलाई जित दिलाउन डेली अलीले निर्णायक गोल गरेका थिए।अलीले खेलको १० औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका हुन् । यो लगातारको दुई जितसँगै टोटेनहमले ६ अंक जोड्न सफल भएको छ ।टोटेनहम तालिकाको दोस्रो स्थानमा रहेको छ । टोटेनहमले पहिलो खेलमा म्यानचेस्टर सिटीलाई हराएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर