समुदायस्तरमा कोरोना फैलिदै गएपछि औषधि र जनशक्ति व्यवस्था गर्न माग राख्दै प्रधानमन्त्रीलाइ ज्ञापनपत्र — OSNepal

समुदायस्तरमा कोरोना फैलिदै गएपछि औषधि र जनशक्ति व्यवस्था गर्न माग राख्दै प्रधानमन्त्रीलाइ ज्ञापनपत्र

LC (KTM) May 18, 2021 0

बाजुरा- नेपाली काँग्रेस बाजुराले नयाँ भेरियन्ट सहितको कोरोना को सङ्क्रमण समुदायस्तरमा समेत फेलिएकाले तत्काल जिल्लामा आवश्यक स्वास्थ्यको औषधि र जनशक्ति व्यवस्था गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई सोमबार ज्ञापनपत्र बुझाइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट खासै ध्यान नदिएको प्रति नेपाली काँग्रेस बाजुराको ध्यानाकर्षण भएको जनाएको छ ।

जिल्लाका सबै स्थानीय तहमा देश तथा विदेशबाट आइरहेकाले स्थानीय सरकार मुकदर्शक बनेकाले तिनीहरुको पिसिआर परीक्षण र कोरोना पुष्टि भएकालाई क्वारेन्टिनमा राख्नु स्थानीय सरकारको जिम्मेवारी भएकाले तत्काल व्यवस्था गर्न पहल गर्नुपर्ने ज्ञापनपत्रमा छ । जिल्लामा आवश्यक स्वास्थ्य सुरक्षा सामग्री अभाव भएको र भेन्टिलेटर र पिसिआर मेसिन सञ्चालनका लागि आवश्यक जनशक्ति नभएकाले तत्काल व्यवस्था गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको सभापति पण्डितले बताउनुभयो ।

ज्ञापनपत्रमा महामरी गाउँगाउँमा फैलिएकाले उनीहरुको कोरोना परीक्षणका लागि तत्काल एन्टिजेन उपलब्ध गराई परीक्षणको दायरा बढाउनुपर्ने, कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भेन्टिलेटर नहुँदा जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता भएकाले पिसिआर मेसिन र भेन्टिलेटर सञ्चालनका लागि दक्ष जनशक्तिको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर