लिबाङबाट प्यूठान जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा,खड्कबहादुरको मृत्यु — OSNepal

लिबाङबाट प्यूठान जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा,खड्कबहादुरको मृत्यु

LC (KTM) August 22, 2021 0

रोल्पा रोल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मुत्यु हुनेमा रोल्पा नगरपालिका–२ धनमुढा निवासीे ५५ वर्षीय खड्कबहादुर बुढा रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

सुनिलस्मृति गाउँपालिका–१ सेरास्थित रा६प ८८६६ नंको मोटरसाइकल दुर्घटना भएको प्रहरी प्रमुख सुवेदीले बताउनुभयो । रोल्पाको सदरमुकाम लिबाङबाट प्यूठान जाँदै गरेको उक्त मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरी नायब उपरीक्षक सुवेदीले जानकारी दिनुभयो । मोटरसाइकल चालक गङ्गाराम डाँगी घाइते भएको प्रहरी बताएको छ । घाइते चालकलाई थप उपचारका लागि जिल्लाबाहिर पठाइएको छ । शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर