ब्राउनसुगर सहित २० वर्षीय गोपाल र भिष्म पक्राउ — OSNepal

ब्राउनसुगर सहित २० वर्षीय गोपाल र भिष्म पक्राउ

LC (KTM) August 22, 2021 0

झापा ६ भदौ । ५ ग्राम ५ सय १० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका ८ बस्ने २० वर्षीय गोपाल बिश्वकर्मा र बिर्तामोड नगरपालिका ८ स्थितमा डिडिआर फार्मेसी संचालन गरी बस्ने ईलाम माई नगरपालिका ६ घर भएका २० वर्षीय भिष्म वुढाथोकी रहेका छन् ।

विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले शुक्रबार दिउँसो लागुऔषधसहित पक्राउ गरेको हो । यस विषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर