काठमाडौं ४ जेठ । जनता समाजवादी पार्टीका अध्यक्षद्धय उपेन्द्र यादव र महन्थ ठाकुरले संयुक्त विज्ञप्ती जारी गरेसँगै पार्टीको केन्द्रीय कार्यकारिणी समिति डाकेका छन् । बैठक जेठ ८ र ९ गते विहान ११ बजे बालकुमारीस्थित पार्टी कार्यालयमा हुने बुझिएको छ ।
बैठकमा आउन कार्यकारिणी समितिका सदस्यलाई पत्र मार्फत जनाकारी गराइने भएको छ । आज अध्यक्षद्धयले संयुक्त रुपमा सकारको नेतृत्व गर्न तयार भएको भन्दै विज्ञप्ती निकाले पश्चात पार्टीको कार्यकारिणी बैठक बोलाएको हो ।
देशको वर्तमान परिस्थितिमा विभिन्न विषयहरुमा विचार विमर्श गरी निश्कर्षमा पुग्नुपर्ने भएकोले बैठक डाकिएको बुझिएको छ ।