काठमाडौं ४ जेठ । नेकपा एमालेका गृहमन्त्री रामबहादुर थापा बादल र वरिष्ठ नेता माधव कुमार नेपालबिच भेटवार्ता भएको छ । भेटवार्ता नेपालको निजि निवासमाभएको बताइएको छ । अगामी राष्ट्रियसभाको उपनिर्वाचनमा एमालेबाट उम्मेद्धवार बनेका बादल चुनावमा आफुलाई सघाउनको लागि नेपालको निवास पुगेका हुन् ।
राष्ट्रियसभाको उपनिर्वाचनमा दुवै उम्मेदवार एमालेकै भएकाले बादल आफ्नो पक्षमा सहभागी हुन नेपाललाई सघाउन नेपाल निवास पुगेका हुन् । नेपाल निकटमा अर्का उम्मेदवार डा। खिमलाल देवकोटालाई समर्थन गर्दै आएका नेपाल अब पार्टी एकता हुने भएपछि कसलाई समर्थन गर्छन् भन्ने विषय महत्व बनेको छ ।