जर्मन बुन्डेसलिगा फुटबलमा फ्रेईवर्ग बिजयी — OSNepal

जर्मन बुन्डेसलिगा फुटबलमा फ्रेईवर्ग बिजयी

LC (KTM) August 21, 2021 0

जर्मन बुन्डेसलिगा फुटबलमा आज भएको खेलमा फ्रेईवर्ग बिजयी भएको छ । उसले बोरुसिया डर्टमण्ड पराजित गरेको हो । डर्टमण्ड लाई एकका बिरुद्ध दुई गोलले पराजित गर्दै फ्रेईवर्ग बिजयी भएको हो । खेलको सुरुवाती अग्रता फ्रेईवर्गले बनाएको थियो ।

उसले खेल सुरु भएको छैटौं मिनेटमा भिन्सिन्जो ग्रिफोको गोलमा अग्रता बनाएको थियो । खेलको ५३ औं मिनेटमा रोलान्ड सालाईले गोल गर्दै फ्रेईवर्गलाई दुई शुन्यको अग्रता दिलाए ।

त्यसपछि खेलको ५९ औं मिनेटमा फ्रेईवर्गका यान्निक किटेलले आत्मघाती गोल गरेपनि डर्टमण्ड दुई एकले पराजित भयो । डर्टमण्डको यो पहिलो हार हो । डर्टमण्डले २ खेलमा ३ अंक जोडेको छ । फ्रेईवर्गको भने यो पहिलो जित हो । फ्रेईवर्गले २ खेलमा ४ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर