इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र लिड्सद्धारा रोमाञ्चक खेल प्रस्तुत , दुई दुईको बराबरीमा खेल टुंगीयो — OSNepal

इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र लिड्सद्धारा रोमाञ्चक खेल प्रस्तुत , दुई दुईको बराबरीमा खेल टुंगीयो

LC (KTM) August 21, 2021 0

इंग्लिस प्रिमियर लिग फुटबलमा आज भएको खेलमा एभर्टन र लिड्सले एकदमै रोमाञ्चक खेल प्रस्तुत गरेका छन् । यी दुबै टिमले बराबरीमै खेल टुंग्याएका छन् । बराबरी संगै दुबै टीमले अंक समेत बाँडेका छन् । आज राति भएको खेलमा एभर्टन र लिड्सले दुई दुईको बराबरी खेलेका थिए ।

लिड्सको मैदानमा सुरुवाती अग्रता एभर्टनले बनाएको थियो ।खेलको ३० औं मिनेटमा डोमिनिक काल्भर्ट लेविनले पेनाल्टीमा गोल गर्दै एभर्टनलाई अग्रता दिलाएका थिए । तर,४१ औं मिनेटमा माथिउज क्लिचले गोल गर्दै लिड्सलाई १ – १ गोलको बराबरीमा ल्याए । त्यसपछि एभर्टनका लागि डीमाराइ ग्रेले गोल गर्दै नतिजा दुई एकको अवस्थामा पु¥याएका थिए ।

तर यो अग्रता एभर्टनले धेरै बेर टिकाउन सकेन । राफिन्हाले गोल गर्दै लिड्सलाई दुई दुईको बराबरीमा ल्याएका थिए । यस बराबरीसँगै एभर्टनले २ खेलमा ४ अंक जोडेको छ ।एभर्टन लिगको दोस्रो स्थानमा रहेको छ । १४ औं स्थानमा रहेको लिड्सले २ खेलमा १ अंक जोडेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर