इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार जीत, नर्विच सिटी पाँच शुन्य गोलको फराकिलो अन्तरले पराजित — OSNepal

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको शानदार जीत, नर्विच सिटी पाँच शुन्य गोलको फराकिलो अन्तरले पराजित

LC (KTM) August 21, 2021 0

आज सम्पन्न इंग्लिस प्रिमियर लिग फुटबलमा साविकको विजेता म्यानचेस्टर सिटीले बिजयी सुरुवात गरेको छ । सिटीले नर्विच सिटीलाई पाँच शुन्य गोलको फराकिलो अन्तरले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन ज्याक ग्रेलिस, एम्रिक लापोर्टे, रहिम स्ट्रर्लिङ र रियाद महरेजले एक एक गोल गरे ।सिटीले एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको सातौं मिनेटमा नर्विचका गोलकिपर टिम क्रुलको आत्मघाती गोलबाट सिटीले सुरुवाती अग्रता बनाएको थियो ।

यो जितसँगै सिटीले २ खेलमा ३ अंक जोडेको छ । सिटी पहिलो खेलमा भने टोटेनहमसँग स्तब्ध भएको थियो । नर्विचको भने यो दोस्रो लगातार हार रहेको छ । नर्विचले हाल सम्म कुनै अंक जोड्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर