१० बालिकालार्ई जवरजस्ती गरी कसैलाई नभन्न भनी थर्काएर फरार रहेका ६४ वर्षीय बृद्ध पक्राउ — OSNepal

१० बालिकालार्ई जवरजस्ती गरी कसैलाई नभन्न भनी थर्काएर फरार रहेका ६४ वर्षीय बृद्ध पक्राउ

LC (KTM) August 21, 2021 0

काठमाडौँ ५ भदौ । १० बालिकालार्ई जवरजस्ती गरी कसैलाई नभन्न भनी थर्काएर फरार रहेका ६४ वर्षीय बृद्धलाई प्रहरीले हिजो शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका १० का ६४ वर्षीय बृद्ध रहेक छन् ।

गत असार १२ गते ती बालिकालाई जवरजस्ती गरी कसैलाई नभन्न दवाद दिएपनि पिडित बालिकाले आफुलाई पीडा भएपछि आमालाई भनेपछि पिडित बालिकाकी आमाले १५ गते सो कुराको जानकारी दिँदै प्रहरीमा उजुरी दिएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका १५ को हुबास खाँबुबाट निज वृद्धलाई पक्राउ गरेको हो ।

यस विषयमा अदालतबाट ५ दिनको म्याद थपी आवश्यक अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर