दुई सय वर्ष पुरोना राधा कृष्ण मन्दिरको पुनर्निर्माणपछि उद्घाटन — OSNepal

दुई सय वर्ष पुरोना राधा कृष्ण मन्दिरको पुनर्निर्माणपछि उद्घाटन

Kesh Karki (USA) August 21, 2021 0

सूर्यविनायक नगरपालिका‐४ दधिकोटस्थित तर्खगालमा रहेको दुई सय वर्ष पुरानो राधाकृष्ण मन्दिरको पुनर्निर्माण सम्पन्न भएको छ ।

पुनर्निर्माण प्राधिकरणको रु ४८ लाख ६२ हजार एक सय ७० को लागतमा पुरातत्व विभाग तथा दरबार हेरचार कार्यालय भक्तपुरले पुनर्निर्माण सम्पन्न गरेको उक्त मन्दिरको आज भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गर्नुभयो ।

सो अवसरमा उहाँले सूर्यविनायक नगरपालिका क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास भइरहँदा यस्तो ऐतिहासिक एवं पुर्खादेखिको सम्पदाले पुनर्जीवन पाउँदा पर्यटकलाई थप आकर्षित पार्ने बताउनुभयो । उहाँले भक्तपुरमा महाभूकम्पले ढालेका र जीर्ण बनाएका अधिकांश मठमन्दिर, सम्पदा र सत्तलहरु छिटो पुनर्निर्माण गर्न आफूले चालेको अभियान तथा पहलले सार्थकता पाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “भूकम्पले ढालेका अधिकांश मठमन्दिर, पाटी, सत्तल, विद्यालय, स्वास्थ्य संस्था र सार्वजनिक संस्थाका भवनहरुले पुनर्जीवन पाएका छन्, त्यसका लागि मैले सरकार र पुनर्निर्माण प्राधिकरणसँग गरेको पटकपटकको प्रयासले सार्थकता पाएको छ ।” उहाँले सूर्यविनायक नगरपालिका क्षेत्र आफँैमा सुन्दर र पर्यटकीय आकर्षणको केन्द्र बन्दै गएकाले सरकारले यसलाई पर्यटकीय क्षेत्र घोषणा गर्नुपर्ने माग गर्दै यहाँको विकासले कोल्टे फेरेसँगै सबैको आकर्षण बनेको बताउनुभयो ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले यस नगरपालिकालाई धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरेको बताउँदै शिव सर्किटलाई पूर्णता दिन नगरपालिका लागिरहेको छ भन्नुभयो । सङ्घ, प्रदेश र नगरपालिकाको बजेटले सूर्यविनायक नगरपालिका क्षेत्रको विकासले चार वर्षमै फड्को मारेको उहाँले बताउनुभयो ।

वडा नं ४ का वडाध्यक्ष उत्तम थापा तथा ७ का वडाध्यक्ष रवीन्द्र सापकोटा लगायतले सूर्यविनायकको विकासमा भएको प्रगतिका बारेमा चर्चा गर्नुभयो ।

राधाकृष्ण मन्दिर संरक्षण समितिका अध्यक्ष जयराज न्यौपानेले दुई सय वर्षअगाडि मन्दिर बनेको शिलालेख भेटिएको यस मन्दिरको पुनर्निर्माणमा स्थानीयवासीले पनि सहयोग पु¥याएको बताउनुभयो ।

समितिका सदस्य एवं कार्यक्रम संयोजक गोपी न्यौपानेले मन्दिरको पुनर्निर्माणमा स्थानीयवासीबाट रु आठ लाख ६५ हजार सङ्कलन भई मन्दिरमा तामाको मुठल, शिरबन्दी, घण्टा, ढलौटको राधाकृष्णको मूर्ति, गणेशको मूर्ति, पित्तलको छानोसहितको रथ, बहुमुखी धारो, मन्दिर वरिपरि दियो, झल्लर, मन्दिरमा बार लगायतको संरचना निर्माण गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर