आज थप २ हजार ३८२ जना संक्रमण मुक्त हुँदा ३० जनाले भने गुमाए ज्यान — OSNepal

आज थप २ हजार ३८२ जना संक्रमण मुक्त हुँदा ३० जनाले भने गुमाए ज्यान

LC (KTM) August 21, 2021 0

काठमाडौं ५ भदौ । पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरस संक्रमितको कुल संख्या ८ लाख २५ हजार ७२२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ७५ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्ल्लो २४ घण्टामा देशभर ३० जना कोरोना संक्रमितको ज्यान गएको छ । भने २ हजार ३८२ जना कोरोनामुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ९५ हजार ९२५ पुगेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर