खुशीको खबर आज नेपालमा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी — OSNepal

खुशीको खबर आज नेपालमा नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी

LC (KTM) August 21, 2021 0

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ७०३ जनाको पीसीआर परीक्षणमा १ हजार ४२४ र ५ हजार ३७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६५१ जनामा कोरोना पुष्टि भएकोस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै सोही अबधीमा २ हजार ३८२ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । निको हुने दर ९३।३ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर