कोटेश्वरस्थित नरेफाँटबाट विक्रम अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ — OSNepal

कोटेश्वरस्थित नरेफाँटबाट विक्रम अवैध लागुऔषध खैरो हेरोइनसहित पक्राउ

LC (KTM) August 21, 2021 0

काठमाडौँ ५ भदौ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडाको कोटेश्वरस्थित नरेफाँटबाट एक जनालाई अवैध लागुऔषध (खैरो हेरोइन) सहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको तेमाल गाउँपालिका–८ घर भएका ३० वर्षीय बिक्रम तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङको साथबाट प्रहरीले खोजतलास गर्दा १० ग्राम खैरो हेरोइन र औषधीजन्य लागु औषध बरामद गरेको हो ।

तामाङको डेरामा खोजतलासी लिँदा प्रहरीले डाइजेपाम ९९ एम्पुल, फेनारगन १०० एम्पुल र नुर्फिन १०१ एम्पुल बरामद गरेको जनाएको छ । उनको साथबाट ८ थान मोवाइल समेत प्रहरीले जनाएको छ ।

यस विषयमा प्रहरीले थप अनुसन्धान गरिहरेको प्ररहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर