साना साना कुरामा खुशी हुन बाध्य छन् नेपालका किसान, यसपटक समयमा नै मल पाउँदा छन् खुशीले फुरुगं — OSNepal

साना साना कुरामा खुशी हुन बाध्य छन् नेपालका किसान, यसपटक समयमा नै मल पाउँदा छन् खुशीले फुरुगं

LC (KTM) August 21, 2021 0

दैलेख, ५ भदौ -यस वर्ष समयमै रासायनिक मल पाउँदा दैलेख र सुर्खेतका किसानाहरू खुसी भएका छन् । विगतका वर्षहरूमा समयमै मल नपाएर सास्ती भाेग्नु परेका किसानले यस वर्ष समयमै मल पाएका छन् । समयमै मल पाएपछि किसानले यस वर्ष समयमै धान गाेडमेलसमेत गरेका छन् ।

दैलेखकाे ठाटीकाँध गाउँपालिका-२ का हितेन्द्र सुजीले यस वर्ष मल अभाव झेल्नु नपरेकाे सुनाए । समयमै मल पाउँदा खेतवारी गोडमेल गर्न भ्याएकाे उनले बताए । ‘विगतका वर्षमा मलको लागि ठाउँठाउँमा धाउँदै हैरान हुन्थ्याे, यस वर्ष भने समयै मल पाइयाे खुशी लागेकाे छ।’ उनले भने,‘यो वर्ष बजारमा मल पुगेपछि समयमै खेतवारी गोडमेल गरियाे, उत्पादन पनि राम्रै हाेला भन्ने आशा गरेका छाैं।’

यस्तै सुर्खेत वीरेन्द्रनगर –६ का पुर्णलाल चौधरीले पनि यस वर्ष समयमै मल पाएकाे बताए। ‘विगतका वर्षमा मल नपाएर भौतारिनु पर्दथ्याे, याे वर्ष भने समयमै रासायनिक मल पाउँदा किसान सबै खुशी छाैं।’ कृषि सामग्री कम्पनी लिमिटेड सुर्खेतले यो वर्ष समयमै मल उपलब्ध गराएको छ । यो वर्ष समयमै मल पाएर समयमै खेतवारी गोड्मेल गर्न पाउदा निकै खुशी भएको वीरेन्द्रनगर-२ की रमा उपाध्याले सुनाइन् ।

‘गतसाल मल अभावले निकै भौतारिनु परेको थियाे, मलको अभावमै खेतवारी गोडमेल गर्नुपरेको थियो’ उनले भनिन्,’यो वर्ष समयमै मल आउँदा निकै खुशी छाैं, समयमै खेतवारीमा रासायनिक मल छर्दा उत्पादनमा पनि वृद्धि हुन्छ भन्ने आश छ ।’ साउनमा मात्र कर्णालीमा ६ सय मेट्रिकटन मल भित्रिएको छ । जसमा चार सय ८८ मेट्रिकटन युरिया, ९७ मेट्रिकटन डिएपी र २१ मेट्रिकटन पोटास गरी ६ सय मेट्रिकटन मल भित्रिएकाे कृषि सामग्री कम्पनी लिमिटेडका सूचना अधिकारी सुन्दर केसीले जानकारी दिए ।

गत वर्ष पर्याप्त मात्रामा मल आए पनि व्यवस्थापनकाे पाटो नमिल्दा मल वितरणमा समस्या भएकाे उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर