सत्तरी प्रतिशत मुद्दा फछ्र्यौट — OSNepal

सत्तरी प्रतिशत मुद्दा फछ्र्यौट

Kesh Karki (USA) August 21, 2021 0

ताप्लेङजुङ जिल्ला अदालतले आर्थिक बर्ष २०७७÷०७८ मा ७० प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । कूल ४५२ मुद्दामध्ये ३१३ फछ्र्यौट भएको हो ।
अघिल्लो आवमा जिम्मेवारी सरी आएका १४४ तथा नयाँ दर्ता भएका ३०८ थान गरी ४५२ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालतका श्रेष्तेदार शम्भुनाथ रेग्मीले जानकारी दिनुभयो ।

चालू आर्थिक बर्षका लागि भने १३९ थान मुद्दा जिम्मेवारी सरी आएकामा १८ महिना नाघेको एउटा, १२ देखि १८ महिना भित्रका आठ, छदेखि १२ महिनाभित्रका ४१ र छ महिना भित्रका ८९ मुद्दा रहेको अदालतले जानाएको छ । गत आवमा छ महिना भित्रका १२०, छदेखि १२ महिना भित्रका १५३, १२देखि १८ महिना भित्रका ३५ र १८ महिना नाघेका पाँच गरी कूल ३१३ मुद्दा फछ्र्यौट भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर