कोरोना लागेर उपचाररत चेल्सीका पुलिसिकले यो महत्वपूर्ण खेल गुमाउने पक्का — OSNepal

कोरोना लागेर उपचाररत चेल्सीका पुलिसिकले यो महत्वपूर्ण खेल गुमाउने पक्का

LC (KTM) August 21, 2021 0

एजेन्सी-प्रिमियर लिग क्लब चेल्सीका क्रिष्टिअन पुलिसिकलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । बीसीसीले पुलिसिकलाई कोरोना संक्रमण पुष्टि भएको बताएको हो । कोरोना पुष्टि भएसँगै चेल्सी स्ट्राइकर पुलिसिकले आगामी उत्तर पश्चिम लण्डन डर्बीअन्तर्गत आर्सनलविरुद्धको खेल गुमाउने भएका छन् ।

चेल्सी र आर्सनलबीचको खेल आर्सनल होम मैदानमा आइतबार हुँदैछ । दुई टोलीबिचको भिडन्त प्रिमियर लिगको इतिहासमा सबैभन्दा धेरै गोल निस्कने खेलका रुपमा हेरिन्छ ।इंग्ल्याण्डका अन्तर्राष्ट्रिय खेलाडी यस साता टोलीको अभ्यास सत्रमा नजोडिएको प्रशिक्षक थोमस टुचेलले पुष्टि गरेका छन् । हाल उनी सेल्फ आइसोलेसनमा छन् ।

‘उनी अभ्यासमा रहेका छैनन् । खेलका लागि समेत उपलब्ध हुने छैनन्,’ प्रशिक्षक टुचेलले भने ।पुलिसिकले आफ्नो इन्स्टाग्राममा आफूले पुरा खोप लगाएको र कोरोनाको कुनै पनि लक्षण नदेखिएको बताएका छन् ।

यसैगरी हाकिमी जिएच र कान्टे दुबै अभ्यास सत्रमा उपस्थित भएको र लण्डन डर्बीमा मैदानमा उत्रिने सम्भावना रहेको प्रशिक्षकले बताए । ‘हाकिमी र कान्टे दुबै अभ्यासमा रहे । उनीहरुमा कुनै पनि समस्या छैन,’ प्रशिक्षक टुचेलले थपे ।

आर्सनल र चेल्सीबिचको खेल नेपाली समयअनुसार राती सवा ९ बजे सुरु हुनेछ । यसअघि दुबै टोलीले एक/एक खेल खेलेका छन् । चेल्सी आफ्नो पहिलो खेलमा तीन अंक जोड्न सफल रह्यो भने आर्सनल पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर