स्टार खेलाडी लियोनल मेस्सी र नेयमार बिनै पीएसजीले गर्यो कमाल, तेस्रो जितसँगै शिर्षस्थानमा — OSNepal

स्टार खेलाडी लियोनल मेस्सी र नेयमार बिनै पीएसजीले गर्यो कमाल, तेस्रो जितसँगै शिर्षस्थानमा

LC (KTM) August 21, 2021 0

काठमाडौँ । स्टार खेलाडी लियोनल मेस्सी र नेयमार बिनै पेरिस सेण्ड जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वान फुटबलमा तेस्रो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा स्टेड ब्रेष्ट २९ लाई ४–२ गोल अन्तरले पराजित गर्दै पीएसजी तालिकामा अपराजित रहेको हो ।

ब्रेष्टको घरेलु मैदानमा भएको खेलमा पीएसजीले पहिलो हाफ २–१ ले आफ्नो नियन्त्रणमा राखेको थियो । दोस्रो हाफमा १ गोल ब्यहोर्दा भ्रमण टोली पीएसजीले थप २ गोल गर्‍यो ।

पीएसजीको जितमा आन्द्रे हेरेरा, केलियन एम्बाप्पे, इड्रिशा गुई तथा परिवर्तित खेलाडी एन्जल डी मारियाले एक एक गोल गरे । यस्तै ब्रेष्टको लागि फ्रान्क होनोराट, स्टेभ मोउनिइले एक एक गोल गरे ।

खेलको २३ मिनेटमा गोल गर्दै हेरेराले पीएसजीलाई अग्रता दिलाए । ३६ मिनेटमा एम्बाप्पेले गोल गर्दै अग्रता २–० को बनाए । ब्रेष्टका होनोराटले पहिलो हाफको ४२ मिनेटमा गोल फर्काउँदै दुरी २–१ मा झारे । पीएसजीका इड्रिशाले ७३ मिनेटमा गोल गर्दै टोलीको अग्रता ३–१ को स्थितिमा पुर्‍याए । पुनः ब्रेष्टका स्टेभले गोल गर्दा दुरी ३–२ मा झर्‍यो । एम्बाप्पेको स्थानमा ८१ मैदान छिरेका कोपा अमेरिकी च्याम्पियन टोलीका सदस्य डि मारियाले ९० मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे ।

स्पेनिस क्लब बार्सिलोनाबाट यसै महिना पेरिस आएका मेस्सीले यस खेलमा डेब्यु गर्ने भनिए पनि अन्तिम समयमा टोली बाहिर रहे । यस्तै नेयमार र सर्जियो रामोससमेत टोली बाहिर रहे । युरो च्याम्पियन इटालीका गोलरक्षक जिआनलुईगी डोनारुम्बा समेत बेन्चमा रहे ।

यस जितसँगै र्पीएसजीले ३ खेलबाट ९ अंक जोड्दै शिर्षस्थानमा रहेको छ । ब्रेष्टले ३ खेलबाट २ अंक जोड्दै तालिकाको १२ औं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर