गोपनियता भंग हुने गरी होटलमा महिलाको भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन युट्युबर समातिए — OSNepal

गोपनियता भंग हुने गरी होटलमा महिलाको भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन युट्युबर समातिए

LC (KTM) August 21, 2021 0

झापा- झापा बिर्तामोडको एक होटलमा महिलाहरूले खाजा खाइरहेका बेला भिडियो खिच्ने २ युट्युबर र २ टिकटकर प क्राउ परेका छन् । होटलमा खाजा खाइरहेका तीन जना व्यक्तिको गोपनि यता भंग हुने गरी भिडियो खिचेर युट्यूबमा प्रसारण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्रा उ पर्नेमा खगेन्द्र घिमिरे, हेमराज भट्टराई, सुवास कार्की र अर्का एकजना रहेका छन् ।

केही युट्युबर भने फरार रहेको बताइएको छ ।उनीहरूले होटलमा प्रवेश गरी खाजा खाइरहेको बेला अनधिकृत रूपमा भिडियो खिचेर युट्युबबाट चरित्र हत्या गरेको उजुरीपछि प क्राउ गरिएको हो ।

पिडीत पक्षले घटनामा संलग्न युट्युबर भाष्कर श्रेष्ठ र खगेन्द्र घिमिरे लगायत छ जनाविरुद्ध (बिहिबार) जाहेरी दिएका थिए ।प्रहरीले जाहेरी दर्ता गरे लगतै युट्युबर घिमिरे, भट्टराई र कार्कीलाई पक्राउ गरेको हो ।प क्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर