भारतका चर्चित गायक राहुल बैद्य र रश्मि देसाईले आईतबार आफ्नो नयाँ प्रोजेक्टबाट तस्बिर शेयर गर्दै भिडीयो रिलीजको मिति घोषणा गरेका छन् ।
आफ्ना फ्यानको प्रतिक्षाको घडी समाप्त पार्दै उनीहरुले आफ्नो म्युजिक भिडीयोको पहिलो लुक्स शेयर गरेका छन् । उनीहरुका फ्यानले उक्त शर्ट भिडीयोको खुबै तारिफ गरेका छन् ।
भिडीयोमा राहुलले माहिया मेरे माही गित गाईरहेको देख्न सकिन्छ । राहुल बैद्यको सुरीलो आवाज, त्यसमाथि रश्मि देसखईको धेरै सुन्दर भिडीयो जहा एक अर्काको केमेस्ट्रि खुबै मिलेको देख्न सकिन्छ ।